गाईघाट बजारमा “नो” पार्किङ एरियामा सवारी राखे ह्विल लक

पूर्णपुष्टि, १८ असोज ।
चाँडबाँडलाई लक्षित गर्दै जिल्ला ट्राफिक कार्यालय उदयपुरले पार्किङ व्यवस्थापन गर्दै आएको छ । नजिकदै गरेको दशैँ तिहार छैठ लगायतका पर्वमा ट्राफिक अस्तव्यस्त हुने भन्दै कार्यालय यसको व्यवस्थापनमा लागि परेको ट्राफिक इन्चार्ज लोक बहादुर दियालीले जनाए ।

दियालीका अनुसार भिँडभाँडका कारण ट्राफिक अस्तव्यस्तले दुर्घटना निम्त्याउने भन्दै नो पार्किङमा सवारी पार्किङ नगर्न कार्यालयले अनुरोध गरेको जनाए । यदि सवारी जथाभावी पार्किङ गरेको पाईएमा कडाईका साथ त्यसलाई कर्वाहिको दायरामा ल्याउने दियालीले जनाए । दियालीका अनुसार गाईघाट बजार एरियामा अत्याधिक भिँडभाँड हुने बैँक लाईन, मेनचोक, बिपि चोक, पिजि चोक र असारी लाईनमा बिषेश पार्किङ व्यवस्थापन गरिने छ ।

जिके पुस्तक पसल अगाडीडको चिया पसलदेखी पश्चिम आखाँ अस्पताल सम्म र पूर्व पिजि चोक सम्म कुनै पनि लाईनमा पार्किङ गर्न नपाईने जनाईएको छ । बैँक लाईनमा पनि एक लाईन मात्रै पार्किङ गरिनु पर्ने छ । दियालीले जाहाँ पार्किङ लेखिएको छ त्यस स्थानमा मात्रै पार्किङ गरिदिन चालकहरुलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1