
पूर्णपुष्टि, माघ १०
बाँकेका एक गाउँपालिकाले किसानको सम्मान हौसाला स्वरुप पेन्सनको व्यवस्था गरेको छ । कृषि र किसान राष्ट्रकै पहिलो महत्वपूर्ण क्षेत्र रहेको भन्दै उनिहरुको पेसाको सम्मान स्वरुप गाउँपालिकाले पेन्सनको व्यवस्था गरेको हो ।

बाँकेका नैनपुर गाउँपालिकाले उत्कृष्ट किसानहरुलाई जनही २ हजारको दरले पेन्सन उपलब्ध गराएको जनाएको छ । पालिकाले किसानहरुलाई मासिक २ हजारको दरले पेन्सन उपलब्ध गराएको छ । गाउँपालिकाको उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम अन्तर्गत माघबाट कार्यान्वयनमा आएको जनाएको छ।

यो आर्थिक वर्षमा १२ किसान उत्कृष्ट भएका छन् । उनीहरूले जनही २ हजार किसान पेन्सन पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । उनीहरूलाई मासिक दुई हजारका दरले वार्षिक २४ हजार पेन्सनबापत रकम दिइनेछ। पेशाबाट अलग भएमा पेन्सन रकम नदिइने पनि गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाभित्रका ६ जना व्यवसायिक पशु पालक र ६ जना व्यवसायिक तरकारी खेती गर्ने किसानले पेन्सन पाएका हुन् ।गाउँपालिकाको कृषि शाखा प्रमुख सदन भण्डारीले उत्कृष्ट किसान छानेर पेन्सन दिन थालेको बताए ।

