Sunday, June 14News That Matters

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया घुससहित पक्राउ

पूर्णपुष्टि, चैत्र १६ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुस सहित रंगे हात पक्राउ गरेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना घुस रकमसहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।

नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित बिहीबार बिहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।