गोलबजारको फर्निचर शोरुमा आग्लागी लाखौँको क्षति

पूर्णपुष्टि,कार्तिक २३
सिरहाको गोलबजारमा रहेको एक स्टिल फर्निचर शोरुममा विद्युत सर्ट भएर सोमबार आग्लागी हुँदा लाखौँको क्षति भएको छ । जिल्लाको गोलबजार नगरपालिका–६ मा रहेको ज्योति स्टेशनरीले सञ्चालन गरेको फर्निचर शोरुममा आग्लागी हुँदा १२ लाख बराबरको सामान जलेर नष्ट भएको छ । फर्निचर शोरुममा रहेको स्टिल दराज, टेबल, फर्निचर निर्माणमा प्रयोग हुने फम, म्याट, कार्पेट लगायतका सामाग्री जलेर नष्ट भएको हो ।
दोहटियाका योगेन्द्र यादवको घर भाडामा लिएर सञ्चालन गरेको शोरुममा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गोदाममा करिब १२ लाख मूल्य बराबरको सामान रहेको सञ्चालक ज्योति नायकले बताउनुभयो । जसमध्ये सबै सामाग्री जलेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिनुभयो । आगो गोलबजार नगरपालिकाको वारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले करिब एक घण्टा लगाएर नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: