Sunday, August 16News That Matters

ग्याल्पो ल्होछारको अवसरमा लिम्चुङबुङमा शुभकामना आदान प्रदान तथा मुर्ति स्थापना हुने

पूर्णपुष्टि, फागुन १५
यहि फागुन १९ गते पर्न गएको ग्याल्पो ल्होछारको अवसरमा लिम्चुङबुङ गाउँपालिकामा संस्कृति कार्यक्रम सँगै शुभकामना आदान प्रदान तथा मुर्ति स्थापना हुने भएको छ । लिम्चुङबुङ गाउँपालिकाको सहयोग तथा वडा नं ३ नगरेको आयोजनामा उक्त कार्यक्रम यहि फागुन १९ गते हुने भएको जनाएको छ । बिभिन्न सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान सँगै सोहि कार्यक्रममा बुद्धको मुर्ति समेत राख्न लागिएको आयोजक नेपाल शेर्पा संघ लिम्चुङबुङ गाउँपालिका ३ नगरेले जनाएको छ । कार्यक्रममा राष्ट्रिय कलकार सान्तेन्जी शेर्पाले प्रस्तुती दिने भएको छ ।