
पूर्णपुष्टि, असोज १७ । नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनामा घर-घरमा वैदिक विधिपूर्वक कलश, दियो र गणेश स्थापना गरिन्छ ।
पूजाकोठामा जौको जमरा राखिने यस पर्वमा नवरात्रभर दुर्गा देवीका नौ रूपको पूजा गरिन्छ । असोज २६ गते विजयादशमीका दिन ११:३६ को शुभसाइतमा टीका लगाइनेछ । दशैंलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने यो पर्व सबै धर्म र जातका लागि समान रहेको धर्मशास्त्रका जानकारहरू बताउँछन् ।
