Wednesday, June 10News That Matters

घरफर्किन थाले कोशी पिडित

पूर्णपुष्टि, साउन २९ गते ।
सप्तकोशीका पानीको सतह घटेसँगै विस्थापित स्थानीय घर पर्किन थालेका छन् । सप्तकोशीले बेलका नगरपालिका–८ को डुम्रीबोटको बाध भत्काएर वस्तीमा पस्दा उदयपुर र सुनसरीका २ हजार ५ सय भन्दा बढी नागरिक विस्थापित भएका थिए ।
उदयपुको बेलका नगरपालिका–२,३, ८ र ९ वडाको धौरी टप्पु, एविसि टप्पु, कोशीटप्पु, सिसिलौ एकता टोल लगाएतका बासिन्दा बढीमात्रामा प्रभावित भएका थिए । उनीहरुलाई बेलका नगरपालिकाले सुरक्षित स्थानमा राखेको थियो । विस्थापित मध्ये अधिकाँश घर फकिएपनि अझै २१८ जनाभने घर फर्कन सकेका छैनन् । बेलका– ३ एविसी टप्पु र सृजना टोल अझै डुवानमा परेकाले सो क्षेत्रका बासिन्दालाई नगपालिकाले जनता क्यामपस र कुन्तीचौरमा व्यवस्थापन गरेर राखिरहेको छ । जसमा गर्भवती ९ जना, बालबालिका ५६ र अपाङ्ग ४ जना छन् ।
कोशी बस्तीमा पस्दा बेलका न.पा. वडा नं. ९ का १ हजार १ सय ८९ जना, वडा नं. ३ का १ हजार १ सय ११, वडा नं. १ हजार ४ सय र वडा नं. ८ का ७ सय जना विस्थापित भएका थिए ।
कोशी सम्झौताअनुसार कोशी व्यारेजबाट ११ किलोमीटर माथिसम्म बाध लगाउने जिम्मा भारतको हो । भारतले पूर्वी क्षेत्रमा बाध लगाएको छ भने पश्चिम क्षेत्रमा भने बाध लगाएको छैन । भारतले बाध नलगाउदा र पानीको बहाब उच्च हुँदा व्यारेजका सबै ढोका नखोल्दा पानी बस्तीमा पसेको थियो । भारतले विहार डुब्ने डरले पश्चिम क्षेत्रमा बाध लगाएको आरोप बेलका नगरपालिकाका मेयर अशोक कार्कीले लगाएका छन् । उनका अनुसार पूर्वी क्षेत्रमा बाध बाधेर पश्चिम क्षेत्र खुृल्ला छाडिदिदा पानीको बहाब पश्चिम क्षेत्रतिर पसेको हो । संघीय सरकारले भारसँग समन्वय गरेर बाध लगाउन मेयर कार्कीले माग गरे । उनले भने “यदी भारतले बाध लगाएन भने बेलका नगरको बजेटले नै बाध लगाउछौं ।”
उदयपुर,सप्तरी र सुनसरीको कोशी तटीय क्षेत्रका बासिन्दा कोशीबाट प्रभावित हुदैं आएका छन् । कोशी तटीय क्षेत्रमा दीर्घकालिन समाधानका लागि बाध लगाउन प्रभावित बासिन्दाले माग गरेका छन् ।