Tuesday, January 14News That Matters

घरमा आगलागी हुँदा एक बृद्धाको जलेर मृत्यु

पूर्णपुष्टि, कार्तिक २४ । झापामा घरमा आगलागी हुँदा एक बृद्धा महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–१० की ७५ बर्षीया दिलकुमारी राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार हिजो राती साढे ८ बजे स्थानिय ७३ बर्षीय शिव कुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा निजको श्रीमती दिलकुमारीको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीको खबर प्राप्त भएसगै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको डिएसपी दाहालले बताए । आगलागीमा परेर शिव कुमार राई घाईते भएका छन् । उनको शनिश्चरे अस्पताल शनिश्चरेमा उपचार भईरहेको डिएसपी दाहालले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।