
पूर्णपुष्टि, असार १०
अरुकै जग्गामा सरन परेर जिविको पार्जन गर्दै आएका कम्जोर परिवारका खोटाङका खम्वसिङ तामाङलाई दाजुभाई समूह दोहा कतारले खाद्यन्न लगायतका सामाग्री सहयोग गरेका छन् । खोटागंको जन्तेढुङ्गा ५ साविक २ निवासी ६५ बर्षिय तामाङको कमजोर अवस्थालाई बुझेर दाजुभाई समूहले खाद्मन्न तथा लत्ता कपडा सोही ठाउँमा पुगी बितरण गरेको हो ।
उनि उरुकै जग्गामा बसेर मजबुरी गर्दै आईरहेको र अत्यन्तै कम्जोरी अवस्थाको रहेको भन्दै समूहले स्थलगतै नै पुगी सामाग्री सहयोग गरेको दाजुभाई कतार समुहका नेपाल प्रतिनिधी सरोज श्रेष्ठ बताए ।
श्रेष्ठका अनुसार तामाङलाई २० हजार बराबरको सामाग्री प्रदान गरिएको छ । राहातमा ५० केजिको चामल ९२ बोरा० ,दाल १०के.जि, प्याज ५ के.जि ,चिनि ५ के.जि, मसला १ के.जि , सोयाविन १ के.जि र सिरक ,डस्ना ,तन्दा ,तकिया ,प्याटिक गुन्द्रि , झुल ,टि–सर्ट त्रिपाल २ पिस तामाङलाई हस्तान्त्रण गरेको हो । तामाङको अवस्थालाई देखेर गाउँलेहरुले मिलेर एउँटा सानो घर बनाई दिने पनि निर्णय भएको कुरा प्रतिनिधी श्रेष्ठ बताए ।
केहि दिन अघि तामाङको गरिबी सामाजिक संन्जालमा फेला परेको थियो । तामाङको कमजोर अवस्थाको बारेमा थाहाँँ पाए लगतै दाजुभाई समुहले तत्काल समाग्री सहयोग गरेको हो ।
