
पूर्णपुष्टि, पुष २५
मोरङको बेलबारी नगरपालिका–१ पुरानो बेलबारीमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जना मजदुरको ज्यान गएको छ । ऋषि साहको घरको पर्खाल भत्काउने क्रममा सुन्दरहरैचा नगरपालिका–१ का ४५ वर्षीय अशोक खवासको ज्यान गएको हो ।
घर भत्काउने क्रममा अचानक घरको पर्खालले किचिएर घाइते भएका खवासको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लग्ने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1