Friday, June 26News That Matters

घोडाबाट लडेर बालिकाको मृत्यु

पूर्णपुष्टि, फागुन ११ ।
सोलुखुम्बुमा घोडाबाट लडेर एक जना बालिकाको ज्यान गएको छ । जिल्लाको खुम्बु पासङल्हामु गाउँपालिका–४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ वर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर ज्यान गएको हो ।
सोनाम छुटिनसगै सवार रहेकी अर्की बालिका ९ वर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाईते भएकी छन् । आज बिहान साढे १० बजे उनिहरु मामाको घोडामा चढेर जादै गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका–३ लासे दोभान स्थितमा हिउमा चिम्लिएर घोडा लड्दा उनीहरु समेत लडि घाईते भएका थिए । घाईते मध्ये सोनामको उपचारको लागी लैजादै गर्दा दिउँसो १२ बजे बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।