Monday, August 10News That Matters

चट्याङ लागेर १५ जना घाईते, ५ गम्भीर

पूर्णपुष्टि, साउन ९ गते ।
चट्याङ लागेर १५ जना घाईते भएका छन् । घाईते मध्ये पाँचको अवस्था गम्भीर रहेको छ । दैलेखको डुगेश्वर गाउँपालिका–२ सेर्माकोटस्थित रमेश सिंहको घरमा आईतवार बेलुका चट्याङले हानेको थियो ।
घरमा खाजा खाने क्रममा बारीमा कोदो गोड्न सहयोग गर्न गएकाहरू घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल, दैलेख लगिएको छ । चट्याङबाट गाउँका चार वटा घरमा क्षति पुगेको छ भने एक गाई र एक खसी मरेका छन् ।
घाइतेमध्ये पाँच जना गम्भीर भएको र अरू सामान्य भएको प्रहरीले जनाएको छ ।
दैलेख डुंगेश्वर गाउँपालिका–२ का ३५ वर्षीय इन्द्र सिंह, ६० वर्षीया शुशीला खड्का, ४० वर्षीया चन्द्रा सिंह, २८ वर्षीया चन्द्रा सिंह र १६ वर्षीया पूजा खड्का गम्भीर घाइते भएका छन् ।
सोही ठाउँका ३६ वर्षीया सिता खड्का, २२ वर्षीया मिना खड्का, २२ वर्षीया दिलकुमारी खड्का, २० वर्षीया बिना वली, ४५ वर्षीया नर्मा खड्का, ११ वर्षीया दुर्गा खड्का, १० वर्षीया सन्ध्या खड्का, २१ वर्षीया सिता सिंह, १६ वर्षीया बसन्ती सिंह र ४३ वर्षीय सम्मान गाहा सामान्य घाइते भएका हुन् ।