Monday, April 20News That Matters

चट्याङ लागेर १ जनाको मृत्यु

संखुवासभा, फाल्गुन २४ गते ।

संखुवासभाको मकालु–५ मुढेलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । साँझ करिब साढे ६ बजे स्थानीय ५७ बर्षीय निमा शेर्पाको लागेर मृत्यु भएको हो ।

पानी र हावाहुरीसँगै परेको चट्याङ्ले आफ्नै घरको आगनमा रहेको शेर्पालाई लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।