
पूर्णपुष्टि, भदौ ३
जाजरकोटमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
छेडागाड नगरपालिका–१३ कार्कीगाँउको चैतेटाकुरा दुदुलपानी टोलका वीरसिंह नेपालीको घरमा बिहान परेको चट्याङ लागेर नेपालीको तीन वर्षीय छोरा सुमनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङले घरमा पनि क्षति पु¥याएको जनाईएको छ ।
