Sunday, May 3News That Matters

चार दिने भ्रमण सकेर आज स्वेदश फर्कदैँ प्रधानमन्त्री प्रचण्ड

पूर्णपुष्टि, साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) इटलीको ४ दिने भ्रमण सकेर आज स्वदेश फर्कदैँछन् । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाका अनुसार आज बिहान १० बजे कतार एअरलाइन्सको विमानमार्फत प्रधानमन्त्री सहितको भ्रमण टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् ।

युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड साउन ६ गते इटली प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नु भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच रोममा द्विपक्षीय भेटवार्ता भएको थियो भने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो ।

बङ्गलादेशी समकक्षीसँगको भेटमा कृषि र जलविद्युत्का क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको भने संयुक्त राष्ट्रसङ्घका महासचिवसँगको भेटमा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको थियो