Tuesday, June 9News That Matters

चार वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

पूर्णपुष्टि, कार्तिक १४
चार वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट एक जना पक्राउ परेको छ । जिल्लाको भिमदत्त नगरपालिका–१६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई प्रहरीले करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।
सिहंले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सिहंमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।