
पूर्णपुष्टि, भदौ २५
चितवना कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा भरतपुर महानगरपालिका–११ का ६२ बर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको उपचारको क्रममा आज दिउँसो १२ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कडा निमोनियाबाट पीडित उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

