
पूर्णपुष्टि, फागुन २
मोरङको उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ते ३५ वर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेको छ । हिजो बेलुका साढे ४ बजे घरयासी विवादका कारण ७० वर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपट प्रहार गरी उनकै छोराले हत्या गरेको हो ।
चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा राती साढे १० बजे ज्यान गएको अस्पतालले जनाएको छ । हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनि प्रकृया अगाडी बढाएको छ ।

