चिसोले कठ्याङ्रिएर दुई जनाको मृत्यु

पूर्णपुष्टि, पुष २१
चिसो र सितलहरका कारण कठ्याङ्रिएर धनुषा र सप्तरीमा दुई जनाको मृत्यु भएको छ । पछिल्लो समय चिसो सँगै सितलहर बढेपछि बिभिन्न ठाउँहरुमा जनजिवन प्रभावितको अवस्था सिर्जना भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका(४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् ।
अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन् ।
यादवको चिसोका कारण अवस्था नाजुक भएपछि उपचारको क्रममा हस्पिटलमै मृत्यु भएको हो । उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: