Sunday, March 15News That Matters

चुनावी नारा लेखिएका होलीको भेष्टहरु उदयपुरका बजारहरूबाट जफत

१६ फागुन, २०८२ । उदयपुर
उदयपुरमा स्थानीय प्रशासनले चुनावको संवेदनशीलतामा आँँच आउने गरी भड्किलो होली नखेल्न सूचित मात्र गरेन चुनाव प्रभावित कुराहरू रोक्ने कदम पनि चालेको छ ।
यसका लागि उदयपुरको  कटारी, गाईघाट बेल्टार लगायतका बजारहरुमा  चुनावी नारा लेखिएका र उम्मेदवारका तस्बिर छापिएका भेस्टहरू बजारबाट खोजीखोजी जफत गरिएका छन् ।
प्रहरीले कटारी बजारमा बिक्रीका लागि बजारमा राखिएका त्यस्ता भेस्टहरू बरामत गरेको हो । सदरमुकाम गाईघाट बजारबाट र चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारबाट यस्त भेस्ट जफत गरेको हो।
अहिले यस्तो भेस्टहरू बिक्री वितरण गर्नु र होली पर्वमा प्रयोग गर्नु निर्वाचन आचार संहिता उल्लङ्घन हुने भएकाले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
व्यापारीहरूलाई त्यस्ता भेस्ट नबेच्न पहिलोपटक चेतावनी दिँदै दोहोर्याएमा कारबाही गर्ने जनाएको छ । होली खेल्नेले पनि त्यस्ता भ्रष्ट वा त्यस आशयको सामग्री प्रयोग नगर्न सूचित गरिएको छ ।
चुनावी सुरक्षा संवेदनशीलताका बीच होली पर्व परेकाले संवेदनशीलतालाई असर नपर्ने गरी पर्वको सामाजिक महत्व र मर्म राख्ने हिसाबले मात्र मनाउन आग्रह गरिएको छ। ठूलो भेडभाड गर्ने,  ठूलो सङ्ख्यामा जमघट नाचगान नगर्न सूचित गरिएको छ।