
पूर्णपुष्टि, कात्तिक २९ ।
आन्तरिक मामिला तथा कानुन मञ्त्रालय प्रदेश नं. १ बाट सञ्चालित “म अघि बढ्छु” कार्यक्रम अन्तर्गत शुक्रबार सगरमाथा टिन्स क्लव, श्री जनज्योती माध्यामिक विद्यालय चुहाडेमा विद्यार्थीहरुलाई ब्याच वितरण गरिएको छ ।
विद्यालयको क्लवको आयोजनामा कक्षा ७ देखि १२ सम्मका करिब चारसय विद्यार्थीलाई “म अघि बढ्छु” लेखिएको ब्याच वितरण गरिएको उदयपुर जिल्ला प्रशिक्षक तथा कार्यक्रम संयोजक तुलसीराम चौलागाईले बताउनुभयो ।
जनजागृती बाल क्लव, मावि चुहाडेको समन्वयमा आयोजित कार्यक्रममा त्रियुगा नगर शिक्षा प्रमुख जसबहादुर कार्कीले प्रमुख अतिथिको रुपमा विद्यार्थीहरुलाई ब्याच वितरण गर्नुभयो । प्रशिक्षक चौलागाईले म अघि बढ्छु अभियान तथा ब्याच वितरणको बारेमा बोलेका थिए । विद्यार्थीहरुलाई आत्मविश्वासका साथ सकारात्मकढंगले शिक्षा, सामाजिक कार्य तथा सकारात्मक र सिर्जनात्मक क्षेत्रमा लाग्ने प्रेरणाका लागि कार्यक्रम आएको भन्दै उहाँले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्ष रमेश विक, ओविसी नेपाल उदयपुरका बरिष्ठ उपाध्यक्ष राजकुमार शर्मा, विद्यालय ब्यवस्थापन समितिका सदस्य टंकबहादुर श्रेष्ठ लगायतले मन्तब्य राख्दै म अघि बढ्छु अभियान विद्यार्थीका लागि उपयुक्त कार्यक्रम रहेको बताएका थिए । विद्यार्थीहरुलाई दुब्र्यसन, कुलत, कुसंगतबाट बचाई सकारात्मक बाटो देखाउने काम अभियानले गरेको भन्दै यसमा विद्यालयको विशेष भूमिका रहने बताए । साथै उहाँहरुले आ आप्mनो क्षेत्रबाट पनि सहयोग गर्ने बताएका थिए । कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिकाहरु, विब्यास सदस्यहरु दुर्गा खड्का, देविमाया आचार्य लगायतको उपस्थिति थियो ।
टिन्स क्लवका अध्यक्ष विशाल बस्नेतको स्वागत मन्तब्य, शिक्षक नायक किर्तीबहादुर खड्काको सञ्चालन र प्रधानाध्यापक पुण्यबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको बीचबीचमा विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।
फोटो फिचर

