
पूर्णपुष्टि, चैत १ । प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार शिर्ष नेताहरुसँगको छलफल पश्चात प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लाग्नु भएको हो । उनले भने प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गर्नु भएको थियो ।
यद्यपि औचारिक निर्णय भईसकेको छैन । सत्ता साझेदार दलका शीर्ष नेताले चैत ६ गते विश्वासको मत लिने विषयमा सहमति जनाएको ती सदस्यले बताए । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि पुन स् मन्त्रिपरिषद् गठन गरिने जनाएको छ ।
