चोरी मुद्धामा २२ बर्ष सम्म फरार रहेका अन्सारी पक्राउ

पूर्णपुष्टि, मंसिर १०
चोरी मुद्धामा २२ बर्ष सम्म फरार रहेका व्यक्तिलाई सर्लाहि प्रहरिले पक्राउ गरेको छ । पर्सा गाउँपालिका–१ घर भएका मुनिया भनिने कमल हुसैन अन्सारीलाई प्रहरिले पक्राउ गरेको हो ।

सर्लाही जिल्ला अदालतको २०५६ साल असार २२ गतेको फैसलाले अन्सारीलाई चोरी मुद्दामा १ महीना कैद र रु ३५ हजार जरिवाना तोकेको थियो । उनि फैसला पश्चात फरार रहेको थिए । उनको खोजी गर्ने क्रममा २२ बर्ष पछि गाउँ बाटै पक्राउ गरेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि सिन्धुली कारागार चलान गरिएको बुढाथोकीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: