
पूर्णपुष्टि, बैशाख १७
उदयपुरका चौदण्डीगढी नगरपालिकाकामा दलका बाघी उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह वितरण गरिएको छ । यसरी चुनाव चिन्ह प्राप्त गर्नेहरुमा प्रशान्त कुमार राई, अम्बर बहादुर बिष्ट र कमलध्वज राई रहेका छन् । प्रशान्त कुमार राई नेपाली कांग्रेस बाट खगेन्द्र राई विरुद्ध बागी उम्मेदवार हुन् उनले चुनाव चिन्ह हाँस पाएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवार अम्बर बिष्टले गुलाफको फुल र अर्का स्वतन्त्र उम्मेदवार कमलध्वज राईले पुतली चुनाव चिन्ह पाएको हो । उदयपुरमा २८ ओटा राजनितिक दल चुनावी मैदानमा होमिएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ दल सहित २८ दलहरुले आआफ्नै चुनाव चिन्ह प्राप्त गरेको छ ।
