
पूर्णपुष्टि, बैशाख २९
चौदण्डीगढी नगरपालिका ८ बिरेन्द्र बजारका आगलागि पिडितहरुलाई झण्डै एकलाख बराबरको आर्थिक संकलन भएको छ । त २६ गते भएको आगलागीमा आफ्नो ज्यान बाहेक सर्वस्व गुमाएका वीरेन्द्र बजारका ७ घर परिवारको निम्ति अहिलेसम्म ९९ हजार ५ सय ८० रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।
छिमेकी उद्धारका लागि गाउँमा स्थानीय सक्रिय युवाहरुले आर्थिक सहयोग संकलन समितिनै बनाएर सहयोग रकमका लागि जुटिरहेको छ । विवस राईको संयोजकत्वमा राहत संकलन समिति निर्माण गरी आर्थिक संकलनका लागि देश विदेश र संघ संस्था तथा व्यक्तिहरु सम्म सहयोगको अनुरोध गरिरहेको समितिले जनाएको छ ।
समितिका संयोजक तथा समाजसेवी राईले अग्नी पीडितहरुको लागि स्थानीय सामाजिक संघ, संस्था र देश विदेश लगायतका शुभचिन्तकहरुबाट अन्य सहयोगहरु पनि निरन्तर जारी रहेको बताउनुभयो ।
वडाध्यक्ष स्व. श्यामकुमार स्मृति प्रतिष्ठानले ७ परिवार खाना पकाउने ग्याससेटसमेत उपलब्ध गराईसकेको छ । यकातिर कोरोना कहर अर्कोतिर दिनदिनै वषार्दले कन्तविजोग बनाएको छैन एक पीडितले सुनाए ।
उक्त आगलागीमा १ करोड २० लाखको क्षति भएको छ । पीडितहरु स्थानीय छिमेकीहरुको घरमा आश्रय लिएर बसेको संयोजक विवस राईले जानकारी दिए । राहतसँगै अहिले स्थानीयहरू मिलेर पुनर्निर्माणमासमेत जुटेका छन् ।
