Wednesday, June 17News That Matters

चौदण्डीगढीको उभौली साकेलामा कोशी प्रदेश नामाकरणको विरोध

पूर्णपुष्टि, २८ जेष्ठ ।
उदयपुरमा यो बर्ष उभौली साकेलालाई बिरोधको रुपमा मनाईएको छ । किरातीहरुको भाषा, संस्कार संस्कृति र रहन सहनमा आधारित साकेला चाँड झण्डै एक महिना सम्म मनाईन्छ । उदयपुरको आठ ओटै पालिकाहरुमा साकेला उभौली धुमधामका साथ मनाईएको छ ।

किरात राई यायोँख्खा उदयपुरका अनुसार यो बर्ष साकेला उभौलीलाई बिरोधको रुपमा मनाईएको जनाएको छ । सँधै उल्लासमय नाचगानका साथमा साकेला नाचिने गरिन्थ्यो भने यो बर्ष भने बिरोधलाई मुख्य प्रथामिकता दिईएर साकेला नाचिएको हो ।

साविक प्रदेश नं १ लाई सरकारले “कोशी” नामाकारण गरेपछि यतिवेला पहिचानवादीहरु बिरोधमा उत्रिएको छ । संविधानमै उल्लेख भएको पहिचानको मुद्धालाई दवाउन सरकार लागि परेको आरोप लगाउ उभौलीमा समेत यसको चर्को विरोध गरेको छ । कोशी प्रदेश खारेज गर भन्दै गाईघाटमा केहि समय अघी उभौली नाचेर ब्यापक प्रदेश नामाकरणको बिरोध गरेका थिए । शनिवार मात्रै जिल्लाको चौदण्डीगढी नगरपालिकामा पनि प्रदेश नामाकरणको बिरोध गरी साकेला नाचिएका थिए ।

उनिहरुले पार्टीको एजेन्डा र घोषणा पत्रमा उल्लेख भएको अनुसार पहिचानको मुद्धाहरु प्राप्त नभएको जनाएको छ । आदिवासी जनजातिहरुलाई पहिचानको अधिकार सुनिश्चित गर्ने भनिएको संविद्यान, पार्टीको एजेण्डा र घोषणा पत्रहरु बिपरिद सरकार अघि बढीरहेको पहिचानवादी नेताहरु बताउँछन् ।