Friday, June 12News That Matters

चौदण्डीगढीमा एमालेको दुवै पदमा जीत

पूर्णपुष्टि, जेठ ४ ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा एमालेले तीत निकालेको छ । प्रमुख पदमा कालुमान लामा र उपप्रमुखमा मणिकादेवी दुलाल विजयी भएका छन् । प्रमुखमा लामाले ८८६३ मत प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिद्वन्द्वि नेपाली काङ्ग्रेसका खगेन्द्र राईले ८०१२ मत ल्याएका छन् । एमालेसंग पराजित राई निवर्तमान मेयर हुन् । निवर्तमान मेयर राई ८५१ मत अन्तरमा लामाबाट पराजित भएका हुन् ।
उपाध्यक्षमा दुलाल ९५६६ मतका साथ उपप्रमुखमा विजयी बनेकी छिन् । उनको निकटतम् प्रतिद्वन्द्वि काङ्ग्रेसकी रिताकुमारी चौधरीले ७७६० मत ल्याएकी छिन् । १८०६ मत अन्तरले पराजित चौधरी निबर्तमान उपमेयर हुन् ।
सो पालिकामा नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकिकृत समाजवादी०को दुई दलिय गठबन्धन तेस्रो स्थानमा रह्यो । गठबन्धनको तर्फबाट प्रमुख पदका नेकपा एसका नरेन्द्र राउतको ४३७५ मत प्राप्त भएको छ भने उपप्रमुख पदका उम्मेदवार हिरा थापा तिम्सिनाको ३५११ मत प्राप्त भयो ।