
पूर्णपुष्टि, बैशाख ४
चौदण्डीगढीमा मेयर र उपमेर दुवै एमालेले जितेको छ । नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी लगायतका दलहरुले देशैभरी गठबन्धन भैरहेको अभियानलाई नमान्ने केहि त्यस्ता जिल्लाहरुमा र पालिकाहरुमा नेपाली कांग्रेस एक्लै चुनावमा होमिदा हार सिर्जना बेहोरीरहेको अवस्था छ ।
यस्तै गरी ४ ओटा नगरपालिका र ४ ओटा गाउँपालिका रहेको उदयपुरको सन्दर्भमा पनि केहि पालिकामा भने गठबन्धन हुन सकेन, जिल्लाको त्रियुगा र चौदण्डीगढीमा बाहेक सबै स्थानीय तहमा गठबन्धन हुन सफल भयो र परिणाम पनि गठबन्धनकै पक्षमा रहेको छ । कांग्रेसकै कारण त्रियुगा र चौदण्डीगढीमा गठबन्धन हुन सकेन, कांग्रेसको एक्लो निर्णय र जवरजस्ती, आत्माविश्सका कारण उदयपुर सिंगल चुनावमा लड्ने हुँदा चौदण्डीगढीमा मेयर र उपमेयरका उम्मेदवारको दुवै पद दुर्घटनामा परे । त्रियुगा र चौदण्डीमा गठबन्धनले कर्यौ प्रयास गर्दा पनि कांग्रेस अटेरी गरेकै कारण चौदण्डीगढीमा एमालेले सहजै जित्यो । कटारीमा गठबन्धन छ । त्यहाँका मत परणाम धमाधम गन्न सुरु भएको छ । त्यस ठाउँमा पनि गठबन्धनले अग्रता लिएको छ । त्रियुगाको मत गणना बाँकी नै छ, यस्को भने हेर्नै बाँकी छ ।

चौदण्डीगढीमा नेपाली कांग्रेस बाट पूर्व मेयर समेत रहेका खगेन्द्र राई (काजी) मेयर पदमा उठेका थिए भने पूर्व उपमेयर समेत रहेकी रिता कुमारी चौधरी पनि उपमेयर पदकै लागि चुनवी मैदानमा होमिएका थिए । उता एमाले बाट कालु लामा मेयरको उम्मेदवार थिए भने मणिकादेवी दुलाल उपमेयरका उम्मेदवार थिए । लामाले ८८६३ मत प्राप्त गरी नगर प्रमुखमा बिजयी हाँसिल गरिराख्दा उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका राईले भने ८०१२ मत मात्र ल्याउन सफल भई हार बेहोर्नु पर्यो । यता उपमेयरमा पनि एमालेकै उम्मेदवार दुलाले ९५६६ मतका साथ उपप्रमुखमा विजयी बनीन् भने दुलालको प्रतिद्धन्दी चौधरीले ७७६० मत मात्रै प्राप्त गरी हार बेहोरीन् ।
उदयपुरमा चौदण्डी र त्रियुगामा कांग्रेस गठबन्धन बाहिरँदै चुनावी मैदानमा उत्रेका थिए । गठबन्धन गरेको ४ गाउँपालिकामा सबै गठबन्धनले नै जितेको छ । हाल सम्म ४ गाउँपालिका र एक नगरपालिकामा जित हाँसिल गरेको गठबन्धनले एउटामा नेकपा एकीकृत समाजवादी र तिन ओटामा माओवादी केन्द्र बिजयी बनेका छन् भने एक नगरपालिकामा कांग्रेस विजयी छन् । अब कटारी र त्रियुगाको भने प।रिणमा हेर्न बाँकी नै छ ।
