Friday, June 12News That Matters

 चौदण्डीगढीमा दुवै पदमा एमाले र बेलकामा प्रमुखमा गठबन्धन (काङ्ग्रेस) उपप्रमुखमा एमालेको जीत

पूर्णपुष्टि,जेष्ठ ४
। उदयपुरको चौदण्डीगढी नगरपालिकामा दुबै पद नेकपा एमालेको जीत भएको छ । प्रमुख मदमा कालु लामा ८८६३ मतका साथ विजयी हुनुभयो । उहाँको निकटतम् प्रतिद्वन्द्वि नेपाली काङ्ग्रेसका खगेन्द्र राईले ८०१२ मत प्राप्त गर्नुभयो । निवर्तमान मेयर रहनु भएको राईलाई ८५१ मत अन्तरले एमालेका लामाले पराजित गर्नुभएको हो ।
पालिकाको उपप्रमुखमा नेकपा एमालेकी मणीकादेखि दुलालले ९५६६ मतका साथ विजय हाँसिल गर्नुभयो । उहाँले काङ्ग्रेसकी उपप्रमुख उम्मेदवार रिता कुमारी चौधरीलाई १८०६ मतको लामो अन्तरले पराजित गर्नुभएको हो । काङ्ग्रेसकी चौधरीको ७७६० मत प्राप्त भयो । पराजित हुने काङ्ग्रेसका प्रमुख र उपप्रमुख उम्मेदवार दुबै चौदण्डीगढीको निवर्तमान मेयर र उपमेयर हुन् ।
नौं वटा वडा रहेको सो पालिकामा ४ वडाध्यक्ष काङ्ग्रेस, ३ वडाध्यक्ष एमाले र २ वडाध्यक्ष माओवादी केन्द्रले जितेको छ । १ नं। वडाध्यक्षमा काङ्ग्रेसका दिनेश्वरप्रसाद चौधरी, २ नं। वडाध्यक्षमा एमालेका प्रेमबहादुर दाहाल, ३ नं। वडाध्यक्षमा काङ्ग्रेसका टंकप्रसाद आचार्य, ४ नं। वडाध्यक्षमा काङ्ग्रेसका तिर्थराज अधिकारीले जित्नु भएको छ । त्यस्तै ५ नं। वडाध्यक्षमा एमालेका दिपकराज रेग्मी, ६ नं। वडाध्यक्षमा एमालेका बसन्तकुमार राई, ७ नं। वडाध्यक्षमा माओवादी केन्द्रका निकेश राई, ८ नं। वडाध्यक्षमा माओवादी केन्द्रकै जयकुमार राई र ९ नं। वडाध्यक्षमा काङ्ग्रेसका पदमबहादुर खड्काले जितेका छन् ।

१० वडा रहेको सो पालिकामा ८ वडाध्यक्ष एमालेको पोल्टामा परेको छ भने २ वटा नेपाली काङ्ग्रेसको भएको छ । १ नं। वडाध्यक्षमा एमालेका सिताराम राई, २ नं। वडाध्यक्षमा एमालेका हरिबहादुर खड्का, ३ नं। वडाध्यक्षमा काङ्ग्रेसका पर्शुराम राई विजय भएका छन् । त्यस्तै ४ नं। वडाध्यक्षमा एमालेका लुुङ्गाराज राई, ५ नं। वडाध्यक्षमा एमालेका तुलसीराम ढकाल, ६ नं। वडाध्यक्षमा काङ्ग्रेसका अम्बरबहादुर खड्का, ७ नं। वडाध्यक्षमा एमालेका केशब अधिकारी निर्वाचित भएका छन् । ८ नं। वडाध्यक्षमा एमालेका भगनाथकुमार मगर, ९ नं। वडाध्यक्षमा एमालेका प्रकाश राउत र वडा नं। १० मा एमालेकै धर्मेन्द्र कुमार खड्का निर्वाचन भएका छन् । ९ नं। वडाध्यक्ष राउतले पुनः कार्यकाल दोहोर्याएका हुन् ।

त्यसैगरी उदयपुरको बेलका नगरपालिकामा गठबन्धन तर्फको नेपाली काङ्ग्रेसका अशोक कार्कीले निवर्तमान प्रमुख नेकपा एमालेका दुर्गाकुमार थापालाई भारी मतले पछि पार्दै प्रमुख पदमा विजयी हाँसिल गर्नुभएको छ । कार्कीले १०,१२० मत प्राप्त गरी विजयी बन्नुभएको हो । निकटतम् प्रतिद्वन्द्वि थापाको ६,९८० मत प्राप्त भएको छ । प्रमुख पदमा ३,१४० मतको फराकिलो अन्तर रहेको छ ।
सो पालिकाको उपप्रमुखमा भने नेकपा एमालेकी जिरा राईले ८,२७६ मतकासाथ जीत हाँसिल गर्नुभएको छ । गठबन्धनतर्फको नेकपा ९माओवादी केन्द्र० का मनोज तामाङलाई ७८१ मतले पछि पार्दै एमालेकी राईले जीत हाँत पार्नु भएको हो । तामाङको प्राप्त मत ७,४९५ रहेको छ ।