
पूर्णपुष्टि, बैशाख २६
नेकपा एमालेबाट चौदण्डीगढी नगरपालिकाका प्रमुख पदका उम्मेदवार रहेका कालु लामाले आफ्नो कुनै प्रतिस्पर्धि नरहेको जनाएको छ । उनले कांग्रेस, गठबन्धन लगायतका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिएर आफुलाई सामुहिक रुपमा मेयर बनाउन अनुरोध गर्दै प्रतिस्पर्धिहरुलाई कम्जोरीको संज्ञा दिएको छ । उनले पछि चुनाव हारेर मुख लुकाएर मोवाईल स्वीच अफ गरेर वस्नु पर्ने अवस्था आउने जनाउँदै उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो ।
उनले अन्य पार्टीको नभई एमाले पार्टीको उम्मेदवार रहेको कुरा सचेत गराउँदै चुनावमा आफ्नो जित शुनिश्चत रहेको जनाएको छ । उनले अन्य उम्मेदवारहरुलाई सोत्तर पारेर आफुले नगर प्रमुखको स्थान ओगट्ने जनाए ।

लामाले गाउँको विकास र सहरको व्यवस्थापन गर्नेै आफ्नो प्रमुख योजना रहेको हुँदा जनताहरुको आवश्यकता यी कुराहरुमै सम्बन्धित रहने जनाए । चौदण्डीगढीलाई नेपालको उदाहरणीय पालिका निर्माण गर्ने र औँलामा गन्दा चौदण्डीलाई पनि पाउन सकिने लामाले जनाए । यस्का लागी आफ्नो प्रमुख उम्मेदवारी रहेको लामाको भनाई छ ।
लामाले केही उम्मेदवारहरु सँग कुनै पनि योजना र एजेण्डा नभएको र केही कार्यकाल पुरा गरेका उम्मेदवारहरुले विकास गर्न नसक्दा जनता भड्कीएको उनले बताए । निवर्तमान मेयरले जनतामुखी काम नगरेको हुँदा जनता सँग भोट माग्न समेत असहज भइैरहेको उनले बताए ।
