Friday, May 22News That Matters

चौदण्डीगढीमा मोटरसाईकल दुर्घटना, सवारी चाकल गम्भीर घाइते

पूर्णपुष्टि,वैशाख ९ । जिल्लाको चौदण्गढी नगरपालिका वडा नम्बर ६, स्थित रातमाटेमा मोटरसाकल दुर्घट्ना भएको छ । शनिवार दिउँसो के.टि.एम कम्पनिका २०० सिसिको बा ८५ प ७५९० नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको हो ।

दुर्घट्नामा परी गम्भीर घाइते अवस्थाका चालकको कागजात अनुसार सबिन लिम्बु खुलेको छ । उनको घर मोरङ घर उल्लेख भएका छ । दुर्घटना प्रश्चात उनलाई चौदण्डीगढी हस्पिटलमा उपचारको लागि लगिएको थियो । गम्भीर घाईते भएका लिम्बुको उपचार त्यहाँ हुन नसकेकोले बिराटनगर रिफर गरिएको छ ।