
पूर्णपुष्टि, ११ असार ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१र०८२ का लागि बजेट सार्वजानिक गरेको छ । सोमबार १६ औं नगर सभा सम्पन्न गर्दै आगामी आर्थिक बर्षका लागि ७९ करोड ६३ लाख ३६ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले संघ र प्रदेशको सशर्त तथा समपुरक तर्फको ४२ करोड ४२ लाख ८४ हजार बजेट तथा नगरपालिकाको निशर्त तर्फको ३७ करोड २० लाख ५२ हजार बजेट गरि कुल ७९ करोड ६३ लाख ३६ हजारको बजेट नगर उपप्रमुख मणिकादेवी दुलालले सार्वजनिक गरिन् ।
उक्त सार्वजानिक बजेटलाई भौतिक पूर्वधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विपद व्यवस्थापन लगायतमा खर्च गर्ने निति तथा कार्यक्रम तय गरेको छ ।
नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ४ करोड ५४ लाख ८२ हजार ३ सय ७४ रुपैंयाको राजश्व संकलन गर्ने लक्ष लिएको छ । गत आर्थिक बर्ष २०८०÷०८१ मा ७५ करोड ७३ लाख ६६ हजार ६ सय ५० रुपैयाको बजेट प्रस्तुत गरेको थियो।
चौदण्डीगढी नगरपालिकाले आगामी बर्ष ०८१÷०८२ का लागि सार्वजनिक गरेको नीति तथा बजेट माथि बृहत छलफल पश्चात उक्त नीति तथा बजेट सर्वसहमतले पारित गरेको थियो ।
