चौदण्डीगढी १ नं वडाको सबै वस्तीहरुमा बत्ति पुराउन २ करोड ५७ लाख बजेट बिनियोजन

पूर्णपुष्टि, पुष १२
चौदण्डीगढी नगरपालिकाको १ नं वडामा रहेको अधुर बत्तिको काम अब चाँडै सबै सम्पन्न हुने भएको छ । वडा भित्र पर्ने ११ ओटा भन्दा बढी गाउँवस्तिहरुमा अब तत्कालै बत्ति पुग्ने गरी बजेट बिनियोजन भएको स्थानीय जिवन राईले जानकारी दिए ।

राईका अनुसार नेपाल सरकारको परराष्ट्र मन्त्री डा. नारायण खड्का, चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राई र १ नं वडा अध्यक्ष रोहित मान तामाङको पल प्रयासमा बजेट बिनियोजन भएको जनाएको छ । उनिहरुले बत्तिको अधुरो कामलाई पूर्णता दिन र आवश्यक सामाग्री तथा निर्माण गर्न नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गरेका थिए । अनुरोधको क्रममा वडाले आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु र बत्तिको नयाँ काम थालनिका लागि प्राधिकरणलाई टिप्पणी तथा आदेश पठाएका थिए ।

वडाको केहि वस्तीहरुमा मात्रै हाल बत्ति पुगेको अवस्थामा अब भने सबै वस्तीहरुमा बत्तिको सुविधा हुने स्थानीयहरुले जनाएको छ । बजेट अभावकै कारण हाल सम्म पनि बत्तिको सबै गाउँमा पहुँच नभएको स्थानीयहरुले बताए । उनिहरुले बत्ति पुगेको ठाउँमा पनि बिभिन्न सामानहरुको आवश्यकता रहेको र कुनै ठाउँमा अधुरै काम रहि अलपत्र परेको अवस्थामा अब सबै गाउँवस्तिहरुलाई समेत पुग्ने गरी बजेट विनियोजन गर्न सफल भएको स्थानीयहरुको भनाई छ ।

पालिकाको निकै बिकट वडाको रुपमा रहेको १ नं वडामा बत्तिको पहँुच नहुँदा स्थानीयहरु अन्धकारमै गुज्रिरहेका थिए । संघिय संरचना पश्चात केहि ठाउँमा बत्ति पुगेको भएपनि ७५ प्रतिसत भन्दा बढी गाउँवस्तीहरु अन्धकारमै गुज्रिरहेका थिए । सोहि कुरालाई मध्यनजर गर्दै गाउँमा विकासको कार्यलाई फड्को मार्ने हिसावले मन्त्री खड्का, नगर प्रमुख राई र वडा अध्यक्ष तामाङ सहितले सम्बन्धित निकायमा बजेकटको माग गरेको राईले बताए । काम तथा योजनाको लागि स्थानीयहरु बिभिन्न निकायहरु सँग छलफलमा समेत बसिसकेको छ ।

यस बजेडले बत्तीनपुगेको ठाउहरूमा पूरा बत्ती बाल्ने गरि समाग्री झार्ने, आवश्क प्रर्नेठाउमा टान्स्फर्माहरू राख्ने, काठको पोल रहेको प्रत्येक बस्ति र टोलहरूमा पोल फेर्ने, यति रकमले सकेसम्म काम पूरा गर्ने नपुगे फेरि परराष्ट मन्त्रि ज्यु र नगर प्रमुख ज्युहरूमा ध्यान आर्कषण गराउने हिसावले स्थानीयहरुले छलफल समेत गरेको राईले बताए ।

छलफलमा वडा सभापति मिनबाहदुर कोईराला वडा अध्यक्ष रोहितमान तामाङ , वडा सदस्य मणिकोईराला, बुद्विजिबि पदम तामाङ, युवा नेता सन्तोष राई, मन्दिरा राई र सपुर्ण वडा नं १ नेपाली कांग्रेस नेता गणहरूको पस्थितिमा समन्वय तथा छलफल गरिसकेको छ । छलफलमा कामको ठेक्का लागि सकेको पनि कुरा उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: