Friday, June 12News That Matters

चौदण्डीमा एमाले जीतको नजिक

पूर्णपुष्टि, जेठ ४ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाको प्रमुख र उप–प्रमुख पदमा एमाले जीतको नजिक पुगेको छ । प्रमुख पदमा एमालेबाट उम्मेदवारी दिएका कालुमान लामाले ८३१३ मत प्राप्त गरेको छ । निकटतम प्रतिस्प्रर्धी काँग्रेसका खगेन्द्र राईले ७५०१ मत प्राप्त गरेको छ । प्रमुखमा काँग्रेस भन्दा एमाले ८१२ मतले अगाडी देखिएको छ ।
यस्तै, उप–प्रमुखमा पनि एमालेकै मणिकादेवी दुलाल अगाडी छिन् । उनले ८९११ मत प्राप्त गर्दा काँग्रेसकी रिता कुमारी चौधरीले ७२२७ मत प्राप्त गरेकी छिन् ।