Wednesday, July 1News That Matters

चौदण्डीमा दुबै खट्टा गुमाएका हिमाल मगरलाई घर बनाईदिने

पूर्णपुष्टि,चैत्र २४ । उदयपुरको चौदण्डीगढीमा दुबै खट्टा गमाएका हिमाल मगरलाइ नयाँ घर निर्माण गरिदिने भएको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ शिवाईमा बस्दै आएको मगरलाई नेकपा (माओवादी केन्द्र) चौदण्डी नगर समितिको पहलमा घर निर्माण गरिदिने भएको हो ।

माओवादी केन्द्रकी नगर उपाध्यक्ष हिरा थापाको विशेष भूमिकामा सन्चालन भएको घर निर्माण अभियान अनुसार बिहीबारबाट निर्माण कार्य सुरु गरिएको भएको हो । इटा जोडेर जस्ताको छानो भएको एक शौचालय सहित निर्माण गर्दा करीब ३ लाख ५० हजार खर्च लाग्ने अभियानका प्रमुख हिरा थापाले बताईन ।

अपाङ्गता मगरको श्रीमती केही वर्ष अघि निधन भइसकेको र उनी अहिले ११ वर्षीया एक छोरीसँग बस्दै आएका छन । उनले बसेको जग्गा पनि स्थानीयहरुसँगको साथ सहयोगमा पूर्व वडाध्यक्ष देवनारायण चौधरीले उपलब्ध गराएको हो ।