Wednesday, July 1News That Matters

चितवन प्रशासनद्धारा हातहतियार बुझाउन सुचना जारी

पूर्णपुष्टि, चैत्र २४ । चितवन जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै हातहतियार बुझाउन लगाएको छ । चितवन क्षेत्र नं २ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागी हातहतियार बुझाउन भनिएको हो । बैशाख १० गते उपनिर्वाचन हुदैँछ ।

आज जारी गरेको सुचनामा जिल्ला भित्रका नागरिकहरुले ईजाजत पत्र हातहतियार यहि चैत्र मसान्त भित्र नजिकैको प्रहरी कार्यालयमा गएर बुझाउन भनेको छ । उपनिर्वाचन नसकुनजेल सम्मका लागी हातहतियार बुझाउन लगाईएको छ । यदि कसैले सुचनालाई अवज्ञा गरेमा कानुन बमोजिम कारवाही गरिने समेत उल्लेख गरिएको छ ।