
पूर्णपुष्टि, चैत्र २४ । नेपाल प्रहरीका नवनियुक्त चार एआईजीलाई सरकारले पदस्थापन गरेको छ । मन्त्रिपरिषद् बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा पदस्थापन गरेको छ भने सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा पदस्थापन गरेको हो । त्यस्तै मिरा चौधरीलाई कार्य विभाग दिईएको छ भने टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभाग दिईएको छ ।
गत चैत्र १३ गते गृहमन्त्रालयले पाँच डिआईजीलाई एआईजीमा बढुवाको लागी सिफारीस गरेको थियो । सोही अनुसार सन्दिप भण्डारी, बसन्त बहादुर कुवँर, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा भएका थिए । बढुवा भएका पाँच जना मध्येबाट पहिलो हुदैँ कुवँर महानिरिक्षकमा नियुक्त भईसकेका छन् भने चार एआईजीलाई सरकारले पदस्थापन गरेको हो ।
