Thursday, June 18News That Matters

फर्कियो ट्विटरको लोगोमा निलो चरा

पूर्णपुष्टि, चैत्र २४ । सामाजिक सञ्जाल ट्विटरको लोगोमा पुन : निलो चरा फर्किएको छ । गत सोमबार एउटा कुकुरको टाउको देखिएको ट्विटरको लोगोमा शुक्रबार पहिलाकै निलो चरा देखिएको हो ।

लोगो परिवर्तन गरेको बारेमा ट्विटरले सार्वजनिक रुपमा केहि जानकारी दिएको छैन् । ट्विटरका मालिक एलन मस्कले चराको साटो कुकुरको आकृति भएको एउटा तस्बिर राखेर त्यसको संकेत गरेका थिए । उनले लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी–डोजक्वाइनको लोगोलाई ट्विटरमा राखेका थिए ।

आज देखिएको निलो चराको बारेमा ट्विटरले आधिकारीक जानकारी दिएको छैन् । ट्विटरका मालिक मस्कले आफ्नो एकाउन्टमा नामसँगै भेरिफाइड टिक र निलो चरो राखेका छन् । अरू प्रयोगकर्ताको नाम भएको ठाउँमा यस्तो चरो आएको छैन् ।