Thursday, June 18News That Matters

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीले एकता गर्ने

पूर्णपुष्टि, चैत्र २४ । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले आज एकता गर्ने भएको छ ।

आज मध्यान्ह १२ बजे इच्छुक प्रतिष्ठान घट्टेकुलोमा एक कार्यक्रम बिच पत्रकार सम्मेलन गरी उनिहरुको दुई पार्टीले एकता गर्ने भएको छ । बास्तोलाले नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीबाटअलग भएर नेपाल कम्युनिष्ट पार्टी (बहुमत) पार्टी गठन गरेका थिए।