Monday, May 18News That Matters

छुट्टा छुट्टै दुई स्थानमा दुृर्घटना हुँदा दुईको मृत्यु

पुर्णपुष्टि, माघ २३
प्रदेश नं.२ को सर्लाही र सप्तरीमा छुट्टा छुट्टै भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीका कृष्णसावरन गाउँपालिका १ बस्ने ६५ वर्षीय बहुरी चौधरी र सर्लाहीको बरहथवा नगरपालिका १३ विन्वा टोल बस्ने ४९ वर्षीय इन्द्रासनदेवी यादव रहेकी छिन् ।

दुर्घटनामा परि घम्भीर घाईते चौधरीको उपचारको क्रममा मृत्यु भएको हो भने यादवको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको सम्भुनाथ नगरपालिका ६ कठौनास्थित पुर्व पश्चिम राजमार्गमा मोटरसाईकललाई कारले ठक्कर दिँदा मोटरसाईकल चालक चौधरीको मृत्यु भएको हो ।
चौधरीलाई उपचारको लागी धरान घोपा लगिएको अवस्थामा उपचारमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

त्यसैगरी सर्लाहीको गौडैता नगरपालिका १ बहादुरपुर स्थित नेपाल भारतको सिमा क्षेत्रमा ट्याक्टर र मोटर साईकल दुर्घटना भएको थियो । दुर्घटनामा मोटर साईकल सवार आमा छोरा गम्भीर घाईते भएका थिए । गम्भीर घाईते मोटर साईकल पछाडी सवार इन्द्रासन देवी यादवको हस्पिटल लैजाने क्रममा मृत्यु भएको छ । यादवलाई जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।