
पूर्णपुष्टि, माघ ११
नेपाली चलचित्र छ मया छपक्कैले युटुयुवमा उग्र भ्युज कमाउन सफल भएको ४ दिन अघि मात्रै युट्युवमा सार्वजानिक गरेको फिल्मको भ्युजले निकै सफलता भएको छ । हलमा पनि उत्तिकै सन्तुष्ट दर्शकहरुले युट्युवमा पनि सकरात्मक प्रतिक्रिया दिरहेका छन् । गतबर्षको दशैंमा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’लाई युटुबमा उत्कृष्ट प्रतिक्रिया मिलेको हो चलचित्रलाई ४ दिन अगाडि युटुबमा सार्वजनिक गरिएको हो । युटुबमा यो चलचित्रलाई करिब २३ लाखले हेरिसकेका छन् । नेपालको युटुब ट्रेन्डिङको पहिलो स्थान ओगटेको चलचित्रलाई दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।
चलचित्र हेरेर प्रतिक्रिया दिने २२ सय भन्दा बढी दर्शकले यसलाई उत्कृष्ट भनेका छन् । दीपकराज गिरी र उनको टिमले बनाएको आजसम्मकै उत्कृष्ट चलचित्र भनेर धेरै दर्शकले प्रतिक्रिया लेखेका छन् ।
देशको राजनीतिक अवस्था र ‘नो भोट’को अभियान छेडेको यो चलचित्रले पाएको प्रतिक्रियाले निर्माता रोहित अधिकारी खुशी देखिए । उनले भने–‘हलमा पनि दर्शकले चलचित्रलाई अत्याधिक रुचाउनुभएको थियो । युटुबमा पनि सोही अनुसारको माया पाएका छौ ।’
रोहितले चलचित्र ‘छ माया छपक्कै २’ पनि चाडै बन्ने बताए । यो चलचित्रमा दिपेन्द्र लामाको निर्देशन छ । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।
।
