
पूर्णपुष्टि, बैशाख २० गते ।
रुपन्देहीमा जंगली च्यायउ खाँदा सात जना विरामी परेका छन् । जंगलबाट ल्याएका विषालु च्याउ खादा एकै परिवारका सात जना बिरामी परेका हुन् ।
गैडहवा गाउँपालिका–४ मिनमिनवाका १२ वर्षीय अनिशा हरिजन, १४ वर्षीय मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीय लक्ष्मी हरिजन, ३५ वर्षीय सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीय कैलाशी हरिजन जंगली च्याउ खाएर बिरामी परेको प्रहरीले जनाएको छ ।
उनीहरुको भैरहवाको भिम अस्पतालमा उपचार भइरहेको छ । भैँसी चराउन जंगल गएका बेला च्याउ लिएर आएको उनीहरुले बेलुका पकाएर खाएपछि बिरामी परेको जनाईएको छ ।
च्यायउ खाएपछि पेट दुख्ने र बान्ता हुने समस्या देखा परेको थियो । उनीहरुलाई राति नै अस्पताल लगिएको जनाइएको छ ।
