Thursday, July 2News That Matters

जंगली च्याउ खाएर २ जना बिरामी

मोरङ, असार २५

मोरङमा जंगली च्याउ खाएर २ जना विरामी भएका छन् । मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका हुन् ।

जंगलबाट टिपेर ल्याएको च्याउन बेलुका पकाएर खाना संगै खाँदा स्थानीय ५४ बर्षीया तिलमाया चौहान र उनको छोरा १७ बर्षीय पुर्णबहादुर चौहानले बिरामी भएको प्रहरीले जनाएको छ ।

बिरामी भएका दुबै जनालाई राती सवा १२ बजे उपचारको लागी दमकको आम्दा अस्पताल लगी उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।