पूर्णपुष्टि, साउन ७ । महोत्तरीमा प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) चन्देश्वर यादव कुटिएका छन् । कुटपिटबाट डिएसपी यादव घाइते भएको प्रहरीले जनाएको छ ।
शुक्रवार राति १० बजेतीर जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा घाईते अवस्थामा फेला परेका डिएसपी यादवलाई उपचारको लागी अस्पताल पु¥याईएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए। उनका अनुसार डिएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको र हाल उनको काठमाडौं स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ। जनकपुरबाट उनी त्यसराति जलेश्वर किन पुगेको भन्ने खुलेको छैन।
यस घटनाको छानबिन गर्न तिन सदस्य समिति गठन गरिएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिले अनुसन्धान गरिरहेको छ । ‘अज्ञात व्यक्तिहरुले कुटपिट गरेको भन्ने आएको छ ‘प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका एसपी श्रेष्ठले भने’ किन कुट्यो, कसले कुटयो कि आफै लडेर चोटपटक लागेको हो भन्ने अनुसन्धान हुँदैछ । ’