
पूर्णपुष्टि संवाददाता
उदयपुर । ५ चैत्र, २०८२ ।
जनकपुरमा हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेश टिममा १५ जनामध्ये उदयपुरका ३ खेलाडी परेका छन् । एकजना वैकल्पिक र एकजना फिजियो गरी कुल ५ जना छनोटमा परेका छन्।
छनोटमा रहेका उदयपुरे खेलाडीहरूमा सोनु अन्सारी, सुमन श्रेष्ठ र प्रभातकिरण हाङखिम राई रहेका छन् । वैकल्पिकमा सोनु शर्मा रहेका छन् भने फिजियोमा बिपिन भट्टराई छनोटमा परेका छन् ।
यस अघि टिम छनौटका लागि इटहरी र विराटनगरमा सेलेक्सन गेम सञ्चालन भएको थियो।
छनोटमा परेका खेलाडी सहितको टिम भोलि जनकपुरतर्फ जाने बताइएको छ ।
कोशी प्रदेश टिममा क्याप्टेन सुजन थपलिया, सायक क्याप्टेन सकीव हक, विकेट किपरहरूमा <span;>सिवान्स बजगाई र प्रभातकिरण हाङखिम राई रहेका छन् ।
अन्य खेलाडीहरूमा अङ्कित सुवेदी, फिर्तोस अन्सारी, दिपेश कँडेल, बिपिनकुमार महतो, समिर कार्की, प्रेम कामत, आशिष राणा मगर, रोशन शाह, ज्ञानेन्द्र श्रेष्ठ, सोनु अन्सारी र सुमन श्रेष्ठ रहेका छन् ।
अन्य वैकल्पिकमा छविलाल खड्का, कविराज खत्री, आकाश सराफ, भुपाल दंगाल र सोनु शर्मा रहेका छन् । टिम कोचमा राजकुमार प्रधान र मेनेजर शशिशेखर झा रहेका छन्।
चैत्र ७ गतेदेखि जनकपुरमा प्रतियोगिता हुने भएको छ । त्यसका लागि कोशी प्रदेश टिम भोलि जाने भएका छन्। प्रतियोगितामा देशका विभिन्न टिमहरू र विभागीय टिमहरू समेतको सहभागिता हुने जनाइएको छ। कोशी प्रदेशले उत्कृष्ट खेल प्रदर्शन गर्दै जितको लक्ष्य लिएको टिमका सदस्य फिजियो विपिन भट्टराईले बताए ।
