Friday, June 19News That Matters

जनमतका अध्यक्ष राउत सहित ५१ जना पक्राउ

पूर्णपुष्टि, पुष १६ । जनमत पार्टिका अध्यक्ष सिके राउत सहित ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ । धोती दिवस मनाउने क्रममा सोमबार काठमाडौंको माइतीघर मण्डलबाट उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार निषेधित क्षेत्रमा धोती दिवस मनाउने भन्दै प्रदर्शन गरेपछि नियन्त्रणमा लिइएको हो । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायत ५१ जनालाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।