
पूर्णपुष्टि, २९ फागुन
जिल्लाको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजानिक विदा दिएको छ । जिल्लाको ८ पालिकाहरु मध्ये लिम्चुङबुङले मात्रै जनयुद्ध दिवसको अवसरमा सार्वजानिक विदा दिएको हो । पालिकाको निर्णय अनुसार उक्त दिवसको अवसर पारी सर्वजानिक विदा दिएको हो । नेपालको इतिहाँसमा नयाँ नेपालको जन्म र संघिय लोकतान्त्रीक समावेशी र धर्म निरपेक्षता राज्य स्थापनाको लागि नेपाली जनताद्धारा गौरवपूर्ण लडिएको जनयुद्ध एक महत्वपूर्ण परिघटना भएकाले सोही दिनको स्मरणमा सार्वजानिक विदा गरिएको पत्रमा उल्लेख गरिएको छ ।