
पूर्णपुष्टि, फागुन १३ गते । जनता समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन भएको छ । उनको हुदय घातको कारण मृत्यु भएको जसपाका नेता अमरेन्द्र यादवले बताए ।
यादवका अनुसार भक्तपुरको एक पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई मध्यपुर ठिमी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा शनिबार ६७ बर्षको उमेरमा निधन भएको हो । रहमान जसपाकी केन्द्रीय सदस्य र महिला फोरमकी पूर्व अध्यक्ष थिइन् ।
