Sunday, June 28News That Matters

जापानमा एक नेपाली युवकको हृदय घातबाट मृत्यु

पूर्णपुष्टि, असार ९ । जापानमा एक नेपाली युवकको हृदयघातबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्डस्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बु रहेका छन् ।

लिम्बुको हृदयघातबाट शुक्रबार बिहान मृत्यु भएको एनआरएनएका आइसीसी सदस्य दिपक कार्कीले जानकारी दिए । ‘४ महिना अघिमात्र जापान अएका उनि शुक्रबार छात्रवास (होस्टेल) बाट विद्यालय जाने क्रममा ट्रेन स्टेशन नजिक एक्कासी ढलेपछि तत्काल उद्धार गरी मिनातोकुस्थित चुवु रोसाई अस्पताल लगिएको थियो ‘कार्कीले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्’ अस्पतालका चिकित्सकले बिहान ८ः ०८ बजे नै हृदयघातबाट मृत्यु भएको पुष्टि गरेका छन् ।’ मृतक लिम्वूको शव नेपाली दूतावासबाट आवश्यक कागजी प्रक्रिया पुरा गरी सक्दो छिटो नेपाल पठाउन विद्यालय र एनआरएनए नागोयाको संयुक्त पहलमा काम भइरहेको काकीले जनाएका छन् । मृतक लिम्बुको शव नेपाल पठाउने सम्पूर्ण खर्च उनको विद्यालयले व्यहोर्ने भएको छ ।