Friday, July 3News That Matters

जाल्पाद्वारा किशोरी बालिकालाई सेनेटरी प्याड बितरण

मिलन परियार
लिम्चुङ्बुङ, साउन ३ 

जल्पा एकिकृति विकास समाज उदयपुरले विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । सरकारले ल्याएको प्रत्येक बिद्यालयमा किशोरी बालिकाहरुलाई सेनेटरि प्याड बितरण गर्ने कार्यक्रमलाई थप सहयोग पुर्याउने उद्देश्यले वितरण गरेको हो ।

वर्ल्ड भिजन सिंगापुरको सहयोगमा  जाल्पा एकीकृत बिकास समाज उदयपुरले वडा बाल संरक्षण तथा सम्बद्र्धधन समिति र स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा ९ बर्ष भन्दा माथीका बालिकाहरुलाई सेनेटरी प्याड बितरण गर्न सुरु गरेको बाल प्रायोजन फिल्ड परिचालक प्रलाद खत्रीले बताए ।

स्वास्थ्य कर्मीहरुले किशोरीहरुलाई सेनेटरी प्याडको महत्त्व, फाईदा, प्रयोग, ब्याबस्थापन  र ब्यक्तिगत  सरसफाइ सम्बन्धि अभिमुखिकरण सहित साउन १ र २ गते उदयपुरगढी गाउँपालिका भित्रका सबै बिद्यालयमा ९ बर्ष भन्दा माथिका १ सय ३७ जना बालिकालाई सेनेटरी प्याड बिररण गरेको खत्री ले बताए ।

किशोरी बालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै सेनेटरी प्याडको प्रयोगलाई प्रोत्साहन गर्दै जाल्पा र वर्ल्ड भिजनको कार्यक्षेत्र अन्तर्गत रौतामाई, लिम्चुङ्बुङ , ताप्ली गाउँपालिका र कटारी र त्रियुगा नगरपालिकाका १७ वटा वडाका १ हजार ९ सय ८३ आर सि बालिकालाई  सेनेटरी प्याड बितरण गर्ने लागेको बाल प्रायोजन परियोजनाका टिम लिडर गेस बहादुर आले मगरले बताए ।